
१८ पुस, काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन् ।
पढाइ भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै उनीहरुलाई निष्कासन गरेको हो ।
निष्कासित हुनेमा विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् ।
कक्षा सञ्चालन भइरहेको समयमा क्याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातावरणमा खलल पुर्याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए ।
उनीहरुमाथि कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी दिए ।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ .. घटनामा संलग्न विद्यार्थी कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई यस क्याम्पसबाट निष्कासन गरिएको र अन्य दोषीहरुलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं।’
पुस १३ गते प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको थियो ।
हेर्नुहोस् क्याम्पसको विज्ञप्ति
प्रतिक्रिया 4