
१९ पुस, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् ।
साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए ।
‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’
सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् ।ती विषयमा सहमति भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4