+
+

अनलाइनखबरकर्मी महतोलाई धम्की दिने मेयरलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ९:४२
धम्की दिने मेयर बेचन दास ।

१९ पुस, काठमाडौं । अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने मेयर बेचन दासलाई कारबाही गर्न नेपाली कांग्रेस मधेश प्रदेशले माग गरेको छ ।

प्रदेश सभा सांसदले शपथ लिने कार्यक्रमको समाचार संकलन गर्न जनकपुर पुगेका पत्रकार महतोलाई विदेह नगरपालिकाका मेयर बेचनले ज्यान मार्ने धम्की दिएका थिए ।

प्रदेश सभा प्राङ्गणमै दर्जनौ व्यक्तिहरुकोबीचमा मेयर बेचनले पत्रकार शैलेन्द्रसहितका पत्रकारलाई धम्की दिएका थिए ।

सार्वजनिक स्थलमै ज्यान मार्नेसम्मको धम्की दिइनु दुर्भाग्यपूर्ण र अपराध भएको भन्दै कांग्रेस मधेश प्रदेशका तर्फबाट प्रचारप्रसार समितिका प्रमुख नितेशकुमार गुप्ताले कानुनी कारबाहीको माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?