+
+

संघीय निजामती ऐन संसदमा पेश गर्ने तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १५:१४

१९ पुस, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले आगामी संसदमा संघीय निजामती ऐन पेश गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रदेश तथा स्थानीय तहहरुमा करिब एकतिहाई कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवाप्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाको लागि संघीय सरकारी निकायका अनावश्यक दरवन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस् । संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले मन्त्रालय र विभागमा काम विनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नसमेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?