
१९ पुस, काठमाडौं । राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।
विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् । अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।
हेर्नुहोस राहदानी विभागको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4