+
+

प्राविधिक र संस्कृत तर्फबाट एसईई दिने विद्यार्थीको विवरण अद्यावधिक गर्न बोर्डको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १९:०१

१९ पुस, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

कार्यालयले प्राविधिक र संस्कृततर्फबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।

कार्यालयले विगतका वर्षहरुमा प्राविधिक र संस्कृत तर्फका परीक्षार्थीहरुको एसईई परीक्षाको प्रश्नपत्र व्यवस्थापन र नतिजा प्रकाशनको कार्यमा समस्या देखिएकोले समस्यालाई न्यूनीकरण गर्नका लागि विवरण अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?