+
+

राष्ट्रिय सभाका उपाध्यक्षको चुनावबारे अध्यक्षले गरे प्रधानमन्त्रीसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १९:४८

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ ।

भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र रिक्त १ सदस्यको चुनावका बारेमा कुराकानी भएको  छ ।

भेटमा तिमिल्सिनाले कोरला नाकामा भन्सारका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरि पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

तिमिल्सिनाले केही दिनअघि कोरलाको भ्रमण गरेका थिए ।

यस्तै भेटमा राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयककाबारेमा पनि छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?