
२० पुस, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । यो सँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख २ हजार ४ सय रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख २ हजार १ रुपैयाँ तोकिएको थियो ।
बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4