
काठमाडौं । आईएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सम्झौता आदानप्रदान कार्यक्रममा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।
प्रयोगकर्ताले भुक्तानी गरेपछि १ रुपैयाँको बोनस तुरुन्तै प्राप्त गर्नुका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4