+
+

‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व मिस्टर नेपाल नूतनले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १७:३२

काठमाडौँ । ‘मिस्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो ।

यो वर्ष ‘मिस्टर वर्ल्ड’ नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए ।

आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला, संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित पुरुष सौन्दर्य प्रतिस्पर्धा मानिन्छ ।

श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । २६ वर्षीय श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।

‘उपाधिबाहेक नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा पनि जोड दिन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?