+

फारवेस्टका प्रशिक्षक भन्छन् : हामीलाई कुनै पनि बाहिरी पक्षले प्रभाव पारेको छैन

२०७९ पुष  २० गते १८:४७ २०७९ पुष २० गते १८:४७
फारवेस्टका प्रशिक्षक भन्छन् : हामीलाई कुनै पनि बाहिरी पक्षले प्रभाव पारेको छैन

२० पुस, काठमाडौं । नेपाल टी-२० लिग टिम फारवेस्ट युनाईटेडका प्रशिक्षक निसेन्त अल्भारेजले आफ्नो टिमको खेलमा कुनै पनि बाहिरी पक्षले प्रभाव नपारेको बताएका छन् ।

बुधबार विराटनगर सुपर किङ्ससँगको खेलमा जित नजिक पुगेर पनि ६ विकेटको हार व्यहोरेपछि पत्रकारसँग उनले भने,  ‘यस प्रतियोगितामा विभिन्न किसिमका फिक्सिङसँग सम्बन्धित कुराहरु सुनें , सुनेर नराम्रो लाग्यो । यस्ता कुराहरु जुन खेलको लागि राम्रो कुरा होइन खेलमा यस्तो हुनु हुँदैन ।’

फारवेस्ट युनाइटेडले हालसम्म खेलेका खेलमा आफ्नो खेलाडीले शतप्रतिशत दिएर खेलेको उनले बताए ।

‘नतिजा हाम्रो पक्षमा आइरहेको छैन, त्यो बेग्लै कुरा हो। हामी सबै व्यावसायिक छौं । बाहिरी कुराले हामीलाई खेलमा रोक्न सक्दैन’, जारी प्रतियोगितामा खेलेका ७ मध्ये ६ खेल हारेको टिमका प्रशिक्षक उनले भने, ‘पछिल्ला केही खेलहरुमा ब्याटिङ कोल्याप्स हुँदा जित नजिक पुगेर टिमले हार्‍यो । नतिजा भन्दा पनि प्रोसेस हो जुनमा म विश्वास राख्छु । हाम्रो खेलाडी र टिमले मैदानमा शतप्रतिशत दिएका छौं। नतिजा हाम्रो हातमा छैन ।’

पछिल्लो समय निकै विवादमा तानिएको नेपाल टी-२० लिगमा म्याच तथा स्पोट फिक्सिङको आरोप लागिरहेको थियो ।

केहि खेलाडीलाई फिक्सिङ प्रस्ताव आएको खुल्दै गर्दा प्रशिक्षक अल्भारेजले भने टिममा यस खालको कुरा नरहेको प्रस्ट्याएका हुन् ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय