+
+

बीसीए फुटसलको उपाधि नेपालय कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १९:३३

काठमाडौं । ललितपुरमा रहेको डीएभी कलेजले आयोजना गरेको प्रथम बीसीए फुटसलको उपाधि नेपालय कलेज कलंकीले जितेको छ । उपाधि जित्दै नेपालय कलेजले डेढ लाख रुपैयाँ राशीको पुरस्कार हात पारेको छ ।

कलेजकै फुटसल ग्राउण्डमा आयोजित यो प्रतियोगिता १४-१६ पुससम्म सञ्चालन भएको थियो ।फुटसल प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर गरी ३२ बीसीए कलेजहरुको सहभागिता रहेको कलेजले जनाएको छ ।

प्रतियोगिताको रनर-अप हुँदै जय मल्टिपल क्याम्पस जोरपाटीले ५० हजार रूपैयाँ नगदसहित रनर-अप ट्रफी हात पार्न सफल भएको कलेजले जनाएको छ ।

पाष्कल कलेजका डिकेश पहरीले टप स्कोरर अर्वाड, नेपालय कलेजका सुजन राणाले बेष्ट प्लेयर अर्वाड र जय मल्टिपल क्याम्पसका सुजन केसीले बेष्ट गोलकिपर अर्वाड जीत्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?