
२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया गएका छन् । मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।
‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो’, शाहले भने ।
उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम नरहेको स्वकीय सचिव भुपदेवले बताए ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो विदेश भ्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4