
काठमाडौं । हामीले आफ्नो आइफोनमा दिनहुँ कैयन् मेसेजहरु प्राप्त गरिरहेका हुन्छौँ, र ती मध्ये कतिपय काम लाग्ने नहुन सक्दछन् । त्यस्ता अनुपयोगी मेसेजहरुलाई हामीले डिलिट गर्दछौँ र सबैलाई एकैचोटी डिलिट गर्नका लागि धेरै मेसेज एकैपटक सेलेक्ट गर्दछौँ । तर यसो गर्दा कहिलेकाहीँ काम लाग्ने महत्वपूर्ण मेसेज पनि डिलिट हुन जान्छ । त्यस्तै कतिपय बेला आइफोन चलाइरहँदा भुलवस टेक्स्ट मेसेजहरु डिलिट हुन सक्दछन् । त्यसरी मेटिएका मेसेजहरु फिर्ता ल्याउनु आवश्यक हुनसक्दछ । तर कसरी ?
आइफोनमा डिलिट गरिएका मेसेजहरु रिकभर गर्ने केही विधि छन् । एप्पलले आइफोन लगायत एप्पल डिभाइस प्रयोगकर्ताका डाटाहरु क्लाउडमा ब्याकअप गर्नका लागि आइक्लाउडको सुविधा प्रदान गरेको हुन्छ । तपाईले आइफोनमा प्राप्त गने मेसेजहरु पनि आइक्लाउडमै गएर संग्रहित भएका हुन्छन् ।
त्यसैले तपाईले आइफोनबाट टेक्स्ट मेसेज डिलिट गरेपनि त्यसलाई आइक्लाउड बाट रिकभर गर्न सक्नहुन्छ । त्यसका लागि आइक्लाउडका बारेमा केही आधारभूत ज्ञानको आवश्यकता पर्दछ भने तपाईको मेसेजहरु पनि आइक्लाउड ब्याकअप हुनेगरी पहिले नै इनेबल गरिएको हुनु पर्दछ । आइक्लाउड बाट टेक्स्ट मेसेज रिकभर गर्नका लागिः
- Settings मा जानुहोस् र माथिल्लो भागमा रहेको आफ्नो एप्पल आइडी प्रोफाइलमा ट्याप गर्नुहोस् ।
- त्यसपछि iCloud > Manage Storage > Backups खोल्नुहोस् र आफुले रिकभर गर्न चाहेको मेसेज डिलिट गरिएको मितिभन्दा अगाडिका ब्याकअपहरु छान्नुहोस् ।
- स्क्रोल डाउन गर्दै म्यासेज ब्याकअप पत्ता लगाउनुहोस् ।
- त्यसपछि तपाईले आफ्नो आइफोन रिसेट गर्नु पर्ने हुन्छ । त्यसले तपाईको आइफोनमा भएका सबै डाटाहरु डिलिट गरिदिन्छ । त्यसैले त्यसो गर्नु अगाडि तपाईले आफ्नो आइफोनबाट डिलिट हुने सबै डाटाहरु आइक्लाउडमा ब्याकअप भएको कुरामा एकिन हुनु पर्दछ । त्यसो भएपछि Settings > General > Transfer or Reset iPhone > Erase All Content and Settings मा जनुहोस् ।
- यसो गर्दा तपाईको आइफोन reboot हुनेछ र त्यसका लागि केही समय लाग्नेछ । त्यसपछि आइफोनमा ब्याकअपबाट डाटाहरु रिकभर गर्ने कि नगर्ने भन्ने अप्सन आउनेछ । त्यहाँबाट आफुले रिकभर गर्न चाहेको डाटाहरु छान्नुहोस् ।
तर यदि तपाईले आफ्नो आइफोनमा भएका सबै सामाग्री र डाटाहरु डिलिट गर्न चाहुनुहुन्छ र केवल आइक्लाउडमा भएका मेसेजहरु मात्र रिस्टोर गर्न चाहुनुहुन्छ भने पनि उपाय छ । त्यसका लागि तपाईले iCloud.com मा लगइन गरी तलको चरणहरु पार गर्नु पर्दछ । – एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4