+

सिरी ए मा नापोलीको पहिलो हार

२०७९ पुष  २१ गते ११:३९ २०७९ पुष २१ गते ११:३९
सिरी ए मा नापोलीको पहिलो हार

२१ पुस, काठमाडौं । एडिन जेकोले शानदार हेड गोल गरेपछि इटलीयन सिरी एमा नापोलीले इन्टर मिलानसँग पराजय ब्यहोरेको छ । यो सिजन लिगमा नापोलीको पहिलो हार हो ।

फेडेरिको डिमाक्रोको क्रसमा ५६औं मिनेटमा जेकोले गरेको हेडर गोल इन्टरको जितमा पर्याप्त भयो ।

सिरी एमा नापोलीको लगातार ११ खेलको जितयात्रा समाप्त पार्ने क्रममा खेलको अन्त्यतिर इन्टरका गोलरक्षक आन्द्रे ओनानाले जियाकोमो रास्पादोरीको प्रहार रोकेका थिए ।

नापोलीलाई दोस्रो स्थानको एसी मिलानसँग ८ अंकको अग्रता बनाउने अवसर थियो । १६ खेलबाट उसको ४१ अंक छ । गएराति नै जित निकालेको एसी मिलनको समान खेलबाट ३६ अंक छ । यो जितपछि इन्टर मिलान भने चौथो स्थानमा उक्लिएको छ ।

इटालियन सिरी ए इन्टर मिलान सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय