
फाइल तस्वीर
२१ पुस, वीरगञ्ज । बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् ।
जितपुरसिमरा उपमहानगरपालिका-१८ बस्ने ६० वर्षीया किमैना देवी यादव घाइते भएकी हुन् । सुवर्ण गाउँपालिका वडा नं ३ जमुनिया टोल घर भई उनी कलैयामा बस्दै आएकी थिइन् ।
बुधबार दिउँसो १२:५५ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
प्रादेशिक अस्पताल कलैया बारामा प्राथमिक उपचार पछि बुधबार नै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट पनि थप उपचारका लागि उनलाई बिहीबार कीर्तिपुर बर्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4