२१ पुस, काठमाडौं । नेपाल टी-२० लिग सहित नेपाली क्रिकेटका विभिन्न विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टोलीसँग छलफल गर्दैछन् ।
९ पुसमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको नेपाल टी-२० लिगमा श्रम स्वीकृति नलिएका विदेशी खेलाडी खेलाइएको, स्पट फिक्सिङको आरोप लागेको र प्रतियोगिताको व्यवस्थापक पक्ष सम्पर्कविहीन भएको विषयमा राखेप सदस्य सचिव घिसिङले आईसीसीसंग छलफल गर्न लागेका स्रोतले बताएको छ ।
छलफल बिहीबार दिउँसो २ बजे आयोजना गरिएको छ ।
प्रतिक्रिया 4