+

भुटनिज युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

२०७९ पुष  २१ गते १६:१६ २०७९ पुष २१ गते १६:१६
भुटनिज युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

२१ पुस, पोखरा । अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससीले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयमा बीवाईएससीले अग्रता लिएको थियो । ४६ औं मिनेटमा बीवाईएससीका रोजिन प्रजापतिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रविन बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए ।

सोही अग्रतालाई बचाउँदै बीवाईससी जारी आहारारा पोखरा गोल्डकपको फाइनल पुग्न सफल रह्यो ।

८३ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी आशिष चौधरीले रातो कार्ड पाएर मैदान छाडेपछि चर्च ब्वाइज क्लब १० खेलाडीमा सीमित भएको थियो । चौधरीले बल खोस्ने क्रममा बीवाईएससीका डाइलो इराकागलाई लडाएपछि रातो कार्ड पाएका हुन् ।

उपाधिका लागि अब अमेरिकी क्लब बीवार्ईएससीले संकटासँग २३ पुसमा प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको बीवाईएससी ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो पटक आहारारामा सहभागी भएको चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।

आहा रारा गोल्डकप चर्च ब्वाइज युनाइटेड बीवाईएससी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय