
२१ पुस, प्यूठान । माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ ।
गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रवृत्ति दिन ५ लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए ।
बिहीबार गाउँपालिकाको सभाहल चकचकेमा बसेको १३ औं गाउँ सभाले उक्त निर्णय गरेको हो ।
गाउँसभाले पहिरोका कारण बिस्थापित भएका परिवारलाई राहत दिन ५० लाख रुपैयाँ छुट्याएको छ ।
गत वर्षाको समयमा बाढी पहिरोले प्यूठानमा क्षति गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4