
२२ पुस, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।
शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३ सय ८५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4