+

ए डिभिजन लिग : दर्तासँगै सबै क्लबले पाए तयारी खर्चको पहिलो किस्ता

२०७९ पुष  २२ गते १४:२० २०७९ पुष २२ गते १४:२०
ए डिभिजन लिग : दर्तासँगै सबै क्लबले पाए तयारी खर्चको पहिलो किस्ता

२२ पुस, काठमाडौं । फागुन १९ गतेदेखि सुरु हुने तय भएको शहीद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)मा नाम दर्ता गराएका छन् । क्लबहरुले तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेका छन् ।

विहीबार र शुक्रबार मनाङ मर्स्याङदी क्लब, खुमलटार युथ क्लब र सातदोवाटो युथ क्लबले क्लब दर्ताको फारम भरेका हुन् । उनीहरुले दर्तासँगै तयारी खर्चको पहिलो किस्ताबापतको रकम पनि बुझेका छन् ।

यसअघि बुधबारसम्म चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, मछिन्द्र एफसी, जावलाखेल युथ क्लब। फ्रेण्ड्स क्लब, हिमालय शेर्पा, थ्रीस्टार क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले एन्फामा दर्ता गरेर तयारी खर्च लिइसकेका छन् ।

ए डिभिजन लिग खेल्ने १४ क्लबले तयारी खर्चबापत ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको नयाँ सिजन डवल राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । लिगको खेलतालिका मात्र २ गते निर्धारण हुने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ए डिभिजन लिग शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय