
२२ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । २१ पुसमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
कम्पनी बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउनका लागि हाल कायम चुक्ता पूँजीको ८८.४५१६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न ३ माघमा विशेष साधारणसभा आह्वान गरेको छ ।
विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर कम्पनीले हकप्रद सेयर जारी गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4