
काठमाडौं । लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’लाई नाटकमा रुपान्तरण गरी मञ्चन गरिएको छ । अन्वेष थुलुङ राईको निर्देशनमा बुधबारदेखि चेतना नाट्य समूहले इलामको नारी विकास हलमा नाटक मञ्चन गरिरहेको हो ।
डेढ घण्टा लामो नाटकमा १५ जना कलाकारको अभिनय रहेको छ । नाटक प्रत्येक दिन अपरान्ह साढे ४ बजेदेखि १० दिनसम्म मञ्चन हुने चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी दिए ।
गाउँका युवाहरुलाई रचनात्मक क्षेत्रमा अघि बढाउने उद्देश्यले हरेक वर्ष नाट्य उत्सव आयोजना गर्दै आएको उनले बताए । ‘महाभारा’मा द्वन्द्वकालको समय, समाज र प्रेमको कथा प्रस्तुत छ ।
तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4