२३ पुस, काठमाडौं । इंग्लिस क्लब चेल्सीले आइभरीकोष्टका स्ट्राइकर डेभिड डोट्रो फोफानालाई भित्र्याएको छ ।
नर्वेजियन च्याम्पियन माल्डेमा व्यवसायिक फुटबल खेलिरहेका फोफानाका लागि चेल्सीले ८ देखि १० मिलियन पाउण्ड खर्चिनेछ ।
२० वर्षका फोफानाले माल्डेका लागि खेलेको ६५ खेलमा २६ गोल गरेका छन् । बीबीसीका अनुसार उनले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन्, जसमा एक वर्ष थप गर्ने विकल्पसमेत छ ।
जनवरी ट्रान्सफरमा चेल्सीको यो दोस्रो अनुबन्ध हो । चेल्सीले हालै मात्र मोनाकोका फ्रान्सेली डिफेन्डर बाडियासिलेलाई भित्र्याएको थियो ।
प्रतिक्रिया 4