
२४ पुस, काठमाडौं । भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ ।
ड्रिम नेक्स्ट एजुकेशनका सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै २७ वर्षका मण्डलले पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पुस २२ गते मीनभवनबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4