+

शिशुको कान चिलाएमा आमाबुवाले के गल्ती गर्छन् ?

२०७९ पुष  २४ गते १८:२२ २०७९ पुष २४ गते १८:२२
शिशुको कान चिलाएमा आमाबुवाले के गल्ती गर्छन् ?

काठमाडौं । शिशुको कान चिलाएमा हामी अक्सर दुई तरिका अपनाउँछौं, इयर वर्डले कोट्याउने र कानमा तेल हाल्ने । यी दुवै तरिका गलत हो । जबकि शिशुमा कान चिलाउने समस्या अधिक हुन्छ । कतिको त कानमा संक्रमण नै हुन्छ । खासमा उनीहरुको कान किन चिलाउँछ ? कान चिलाएमा के गर्ने ?उनीहरुको कानको हेरचाह कसरी गर्ने ? कान सफा गर्नु जरुरी हुन्छ वा हुँदैन ?

शिशुको कान चिलाएको छ भनेर कसरी थाहा पाउने ?

शिशुहरुले कान चिलाएमा कानमा औंला लैजाने गर्छन् । बारम्बार औंला कानमा लगेपछि उनीहरुलाई कानमा समस्या भएको बुझ्छौं । सामान्यतः चार महिनाको भएपछि शिशुले कानको वरपर औंला लग्ने गर्छन् ।

शिशुको कान चिलाउने कारण के के हुन सक्छन् ?

शिशुको कान चिलाउने विभिन्न कारण हुन्छ । सबै बच्चामा अलिअलि कानेगुजी हुन्छ । उनीहरुको कानमा तेल हालिदिंदा कानमा भएको कानेगुजी फुल्छ र डम्ब हुन्छ । त्यसपछि कान चिलाउने हुन्छ । धेरै तेल हाल्दा कानमा ढुसी पर्ने पनि गर्छ । त्यस्तै नुहाउँदा कानभित्र पानी पर्‍यो भने पनि कानेगुजी फुलेर डम्ब हुन्छ । संक्रमण पनि एक कान चिलाउने प्रमुख कारण हो । तर संक्रमण भन्दा बढी कानमा तरल पदार्थ हाल्दा कान बढी चिलाउँछ । कहिलेकाहीं चिलाउनु सामान्य अवस्था हो । यदि बारम्बार कान चिलाइरहेको छ र बच्चा रोइरहेको छ भने अस्पतालमा परीक्षण गराउनुपर्छ ।

कान चिलाएमा एयरबडले सफा गरिदिने, कन्याइदिने तरिका जोखिमपूर्ण

कान चिलायो भनेर बुझ्ने बित्तिकै बजारमा पाउने एयरबड वा हेडपिनले कानेगुजी झिक्न प्रयोग गरिन्छ, जुन गलत हो । बजारमा पाउने एयर बडको आकार र हेडपिनको आकार कानको प्वालको भन्दा सानो छ । त्यसले कोट्याउँदा फोहोर झनै भित्र धकेलिन्छ । र, कान कोट्याउँदा झनै रगत बग्ने दुख्ने पनि हुन सक्छ ।

तर कानको वरपर भएको फोहोर एयरबड पानीमा भिजाएर त्यसको पानी सोसेर कानको प्वालको वरपर सफा गर्न सकिन्छ ।

कानमा तेल हाल्नु हुँदै हुँदैन

बच्चालाई आँखा, कान र नाकमा तेल नुहाएपछि हाल्दिने गरिन्छ । त्यो बच्चामाथि गरिदिएको अत्याचार हो । उनीहरु झनै त्यसपछि रुने कराउने गर्छन् ।

कानमा तेल पटक्कै हाल्नु हुँदैन । रीतिरिवाजमा माघेसंक्रान्तिमा तेल लगाउनुपर्छ भन्ने छ । त्यो छुट्टै कुरा हो । तर बारम्बार हाल्न हुँदैन । हामी अहिले जान्नेबुझ्ने भइसकेका छौं ।  बुझ्नेले कानमा तेल हाल्न र हाल्दिन छाडिसके । तर पनि अझै त्यो चलन छ । कानमा तेल हाल्दा कानेगुजी फुलेर डम्ब हुने र ढुसी पर्ने हुन्छ । जसकारण शिशुमा कान चिलाइरहने समस्या हुन्छ ।

कान सफा गर्ने विधि 

कान सफा गरिराख्नु जरुरी नै छैन । हामी बोल्दा र खानेकुरा चपाउँदा कानको पछाडिको ज्याइन हलचल गर्छ । र, कानमा भएको फोहोर आफैं झरेर सफा हुन्छ । त्यसमा जान्ने भएर कानेकुजी कोट्याउँदै कानको बाटो बिग्रिन्छ तब बढी फोहोर हुने र संक्रमण हुन्छ । सयौंमध्ये एक जनामा फोहोर हुन सक्छ । कानको प्वालको बनावटमा समस्या भयो भने उनीहरुमा कानको जटिल समस्या हुन सक्छ । जसको लागि उपचार नै जरुरी हुन्छ ।

कानमा के कस्तो जटिलता  ?

कान पाक्ने, संक्रमण हुने, कानको जाली फुट्नु, कानको हड्डी कुहिने समस्या कानको जटिल रोग हुन् । त्यसबाहेक बारम्बार कान पाक्न थाल्यो, बच्चाको सुन्ने शक्ति कम भयो, कान पाकेर गन्हाउने भयो भने अस्पताल लगिहाल्नुपर्छ । रुघा लागेर पनि कान पाक्ने हुन सक्छ ।  वर्षमा एकपटक रुघा लागेर कान पाक्यो भने सामान्य हो । तर पटक–पटक कान पाक्यो भने समस्या जटिल बन्न सक्छ ।

कान कसरी स्वस्थ राख्ने काइदा

कानलाई स्वस्थ राख्न कानमा तेल हाल्नुहुँदैन । यस्तै फोहोर पानीमा नुहाउने, एयरबडले कोट्याउने जस्ता कार्य गर्नुहुँदैन ।

शिशुलाई दूध खुवाउँदा ढल्काएर खुवाउनुपर्छ । ठाडो पारेर दूध खुवाइदिंदा नाकको पछाडिको भागबाट पनि कानमा संक्रमण हुन सक्छ । रुघा लागेमा तुरुन्त त्यसको उपचार गर्नुपर्छ । त्यसबाहेक शिशुको अगाडि चुरोट पिउने बानीले पनि कानको संक्रमण हुन सक्छ । डाक्टरको सल्लाहविना कुनै पनि तरल पदार्थ कानमा हाल्नुहुँदैन, यसले झनै समस्या जटिल बन्न सक्छ ।

कान शिशु
डा. योगेश न्यौपाने
लेखक
डा. योगेश न्यौपाने
नाक, कान तथा घाँटीरोग सर्जन

डा. न्यौपाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएनटी तथा हेड एण्ड नेक सर्जरी विभागका सहायक प्राध्यापक हुन् । उनले नाक कान तथा घाँटीरोगमा एमबीबीएस र नाक कान घाँटीरोग सर्जरीमा एमएस गरेका छन् । उनी सोसाइटी ओटोलारिन्गोलोजिस्ट अफ नेपाल, अमेरिकन एकेडेमी अफ ओटोलारिन्गोलोजी र न्युरोटोलोजिकल एण्ड इक्विलिब्रोमेट्रिक सोसाइटीका सदस्यसमेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर […]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?