+
+

जसपा संसदीय दलको नेता छान्न भोलि चुनाव, लालबाबु र रामआशिष भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १९:१५

२४ पुस, जनकपुरधाम । सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी अध्यक्षले दिने प्रस्तावमा मुख्यमन्त्री लालबाबु राउत असहमत भएपछि जनता समाजवादी संसदीय दलमा चुनाव हुने भएको छ ।

जसपा निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने भोलि सोमबार बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

साँझ ५ देखि ६ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।

नेताहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभा सदस्य रामआशिष यादवको उम्मेदवारी दर्ता हुने सम्भावना छ । दलको नेताका लागि ९ जना आकांक्षी थिए ।

बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा सहमतिको प्रयास भएको थियो । सहमति नजुटेपछि सर्वसम्मत दलको नेता छनोट गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिन नेताहरुले प्रस्ताव गरेका थिए । त्यसमा १४ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।

एक प्रदेशसभा सदस्यका अनुसार उनीहरुले राउतलाई दलको नेतामा दाबी नगर्न र नयाँलाई अवसर दिन आग्रह गरेका थिए । तर मुख्यमन्त्री समेत रहेका राउत त्यसमा सहमत भएनन् । पार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?