
२५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ ।
आयोगले ३७० गत वर्षको रिक्त दरबन्दी र चैत्र मसान्तसम्मको ३१६ रिक्त दरबन्दी गरेर ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने जानकारी दिएको छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले सोमबारबाट विज्ञापन खुल्ने बताए ।
उनले भने, ‘बोर्डले मलाई भर्खरै सूचना दिए अनुसार भोलिबाट विज्ञापन खुल्छ ।’ गत वर्षको विज्ञापन अनुसार छनोट भएका शिक्षकहरुलाई आयोगले गत कात्तिकमा मात्रै सिफारिस गरेको छ ।
शिक्षक सेवा आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेकोमा एक हजार १८२ जना शिक्षक मात्रै छनोट हुन सफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4