
२४ पुस, काठमाडौं । पश्चिम अफ्रिकी देश सेनेगलमा दुई वटा बस जुध्दा भएको दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । अरु ८० जना घाइते भएका छन् ।
यो दुर्घटना राजधानी सेनेगलबाट २२० किलोमिटर टाढाको कैफरिन शहर नजिकै भएको हो । पश्चिमी अफ्रिकी देशमा हालैका दिनमा यस्तो दुर्घटना भएको थिएन । यसअघि सन् २०१७ मा भएको यस्तै दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।
सेनेगलका राष्ट्रपति मैकी सलले दुर्घटना बारे जानकारी दिँदै दुख व्यक्त गरेका छन् । र उनले ३ दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4