
२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार बन्न ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4