
२५ पुस, काठमडाौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को तेस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरको छ । २४ पुसमा सम्पन्न साधारण सभाले एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको हो ।
परिसंघको उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय चयन भएका छन् । यस्तै महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली सह–कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र प्रो.हिरेन्द्र मान प्रधान चएन भएका हुन् ।
परिसंघका नवनिर्वाचित अध्यक्ष गोल्यानले सीबीफीनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जाहेर गरे । उनले बैंकिङ क्षेत्रको सुधार गरी साझा संस्थाको रुपमा विस्तार गर्ने, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अभिन्न सहयोगी संस्थाको रुपमा परिसंघ अगाडि बढाउने बताए ।
नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तीव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने उनले बताए ।
प्रतिक्रिया 4