२५ पुस, काठमाडौं । बेल्जियमको राष्ट्रिय फुटबल टिम र इंग्लिस क्लब एभर्टनका पूर्व मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक भएका छन् ।
४९ वर्षका स्पेनिस प्रशिक्षकले फर्नान्डो सान्तोषको स्थान लिएका हुन् । कतार विश्वकपमा मोरक्कोसँग हारेर पोर्चुगल क्वार्टर फाइनलबाटै घर फर्केपछि सान्तोषले राजीनामा गरेका थिए ।
तर मार्टिनेजको टिम बेल्जियम भने कतार विश्वकपको समूह चरणबाटै घर फर्केको थियो । ६ वर्ष बेल्जियमको प्रशिक्षक रहेका मार्टिनेजले कतार विश्वकपमा समूह चरणबाटै घर फर्कनुपरेपछि पद छाडेका थिए ।
२०१६ मा बेल्जियमको राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका मार्टिनेजकै प्रशिक्षणकालमा बेल्जियम सन् २०१८ मा विश्व वरीयताको शीर्ष स्थानमा पुगेको थियो ।
प्रतिक्रिया 4