
२५ पुस, काठमाडौं। पर्सा प्रहरीले १२ लाख २० हजार रकमसहित हुण्डी कारोबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का १९ वर्षीय राजन कुमार साह रहेका छन् ।
विशेष सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरी १२ लाख २० हजार बरामद गरेको छ ।
पक्राउ परेको उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अथप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4