+
+

लुम्बिनीमा मुख्यमन्त्रीका लागि भोलि दावी पेश गरिदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते २०:१६

२५ पुस, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो ।

सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी दिए ।

एमालेका संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख अमिक शेरचण समक्ष दावी पेश गर्नेछन् । ‘सत्ता साझेदार दलहरुबाट मंगलबार नै प्रदेश प्रमुखसमक्ष दावी पेश गरिने भएको छ।’ उनले भने ।

प्रदेश प्रमुख शेरचणले भने पुस २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समयमा दावी पेश गर्न समय दिएका थिए । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ ।

सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।

सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। स्वतन्त्रबाट जितेका एक जना भने पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?