
काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको निर्माताले जनाएका छन् । फिल्ममा साम्राज्ञी शाह र पुष्प खड्काको प्रमुख भूमिका छ ।
रमेश एमके पौडेलको डेव्यु निर्देशन रहेको फिल्मले प्रेम सम्बन्ध र बदलाको कथा भन्छ । इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको समेत अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।
सिनेमाको सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् । सबिर श्रेष्ठ र बाबुराम निरौलाको पटकथामा रहेको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको डान्स कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
प्रतिक्रिया 4