
कहिले वायुसँगै, बंगालको खाडीतर्फको
कहिले तालमा, पश्चिमी वायुको
कहिले हिमालपारिको वायुको बहावमा
नाच्छन् कठपुतली मेरा, बार्दली र कौसीहरूमा !
बदलिन्छ मौसम, गर्जिन्छ आकाश
हुँदैन वर्षा तर, आउँदैन बहार
ठोक्छु ढोल, फुक्छु सहनाई
हरहर महादेउ, पानी देउ !
बगिरहोस् खोला, चाहिंदैन कुलो
नमिले भागबण्डा, नभएकै भलो !
खन्दिन आफ्नो खेत, उठाउन्न ठेला
रमाउँछु हुँदा अरुकै खेताला
पार्छु घोर, घोक्रो फुल्लिने गरी
कठपुतलीकै ताल मिल्ने गरी
कठै म वीर, स्वाभिमानी मै
कठपुतली मेरै, नाच्छु म कठपुतलीसँगै !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4