+
+

प्रधानमन्त्रीको जवाफ : संविधानको रक्षा गर्न प्रतिबद्ध छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १६:३६

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।

प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उनले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिबद्धता भएको बताए । उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन ।’

संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौं ।’

संविधानको मर्म र भावना भन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?