२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ ।
मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो ।
एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० हजारबाट बढाएर नयाँ सिजनका लागि बी डिभिजन क्लबले १४ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।
लिगका लागि क्लबहरु माघ मसान्तसम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने चैत ७ गतेसम्म खेलाडी दर्ता समय दिइएको छ ।
प्रतिक्रिया 4