
फाइल तस्वीर
२६ पुस, काठमाडौ । नेपाल बैंकर्स संघले रिक्त रहेको अध्यक्ष चयन गर्नका लागि विशेष साधारणसभा गर्ने भएको छ । भोलि (बुधबार) काठमाडौंमा संघले विशेष साधारणसभा बोलाएको छ ।
संघका अध्यक्ष रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको कार्यकाल सकिएसँगै उनि बैंकबाट बिदा भएका छन् । उपाध्याय बैंकबाट बिदा भएसँगै बैंकर्स संघका अधयक्ष पद पनि रिक्त भएको छ ।
करिब एक वर्ष कार्यकाल बाँकी भएका उपाध्यायको बिदाईसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुनिल केसीले पाएका छन् । बुधबार हुने संघको विशेष साधारणसभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई नै अध्यक्ष बनाउने सहमति भइसकेको एक बैंकर्सले बताए ।
केसी अध्यक्ष चयन हुँदा रिक्त हुने उपाध्यक्ष पदमा को चयन हुन्छ भन्ने विषयमा बुधबार नै छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4