
२६ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार तराईका ४ वटा विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार विराटनगर, राजविराज, सिमरा र भैरहवाका निर्धारित सबै उडानहरु रद्द भएका छन् । यी विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडानहरु प्रभावित भएको कार्यालयले जनाएको छ ।
प्रतिकूल मौसमका कारण अन्य विमानस्थलहरुमा समेत उडान प्रभावित बनेको छ । यस्तो प्रक्रिया हिउँदयाम सुरु भएसँगै हरेक वर्ष दोहोरिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4