+

नेपाल टी–२० लिग फाइनलः लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

२०७९ पुष  २७ गते १२:०१ २०७९ पुष २७ गते १२:०१
नेपाल टी–२० लिग फाइनलः लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टार्सले टस जितेर ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङकाे निर्णय गरेका हुन् ।

दुवै टिम चार–चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिँदैछन् । दुवै टिमले निर्णायक खेलमा जनकपुर रोयल्सलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।

आइतबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले जनकपुरलाई हराएको थियो भने मंगलबार भएको दोस्रो क्वालिफायरमा विराटनगरले पनि जनकपुरलाई नै पराजित गरेको हो ।

लुम्बिनी अल स्टार्सको टिमः
दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन कुमार झा, सागर ढकाल, किशोर महतो, इशान पाण्डे, लाहिरु मिलन्था, स्याड्ली भान स्काल्विक, विपुल शर्मा, हर्मित सिंह

विराटनगर सुपर किंग्स टिमः
रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, सूर्य तामाङ, अमरसिंह रौटेला, पृथु बास्कोटा, विवेककुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्शु शर्मा, राज ननन्, कियोन जोसेप

नेपाल टी-२० लिग लुम्बिनी अल स्टार्स विराटनगर सुपर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय