+
+

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २.८९ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ११:२८

२८ पुस, काठमाडौं हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २.८९ प्रतिशत लाभांश दिने भएको छ ।

२६ पुस मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल काय चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार १६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीकोे प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?