
२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।
चार बजे शपथसँगै रावलले सानो आकारको मन्त्री मण्डल पनि बनाउने तयारी गरेका छन् । उनले नेकपा एमालेबाट १ र नेकपा माओवादी केन्द्रबाट १ जना गरी दुई जना मन्त्री आजै नियुक्त गर्ने तयारी गरेका छ । तर नाम टुंगिएको छैन ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
कञ्चनपुरका रावल समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4