
२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा पनि सत्तारुढ दलकै बेन्चमा बसेको छ ।
सभामुख चयनका लागि मतदान गर्न बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सत्तापक्षको बेन्चमा बसेका हुन् ।
संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपनि नाउपा प्रतिपक्षी बेन्चमा बसेको छ । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी बसेको प्रदेशसभाको बैठकमा सभामुख चयनका लागि निर्वाचन हुनेछ ।
सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4