
२८ पुस, काठमाडौं । निर्माण व्यवसायीले आफूले काठमाडौं उपत्यकाभित्र ठेक्का लिएका आयोजनाहरू सक्ने समयसीमा तोकेर लिखित प्रतिवद्धता जनाएका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागका महानिर्देशक अर्जुनजंग थापासहित विभिन्न आयोजनाका प्रमुखहरु सहितको सहभागितामा निर्माण व्यवसायीहरुबीच छलफल भएको हो ।
छलफलमा सडक आयोजनाका निर्माण व्यवसायीहरुले आ-आफ्नो निर्माण साइटमा काम गर्न भएको सजिलो , अप्ठेरोबारे मौखिक रुपमा जानकारी दिएका थिए । उनीहरुले त्यहाँ आ-आफ्नो ठेक्कामा रहेका आयोजनाहरु समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरे । अन्तर्क्रियामा सहभागी उपत्यकाका तीनै जिल्लाका आयोजना ठेकेदारहरुले स्पष्ट समयसीमा तोकेर नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौंको महांकाल-भृकुटीचोक-तेन्जिङचोक-फैका-आनीगुम्वा-चपली-बुढानीलकण्ठ सडक निर्माण गरिररहेको तुदि/प्रेरा जेभीले आगामी साल माघ मसान्तसम्मकाम सकिने जानकारी गराएको छ ।
साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडकको निर्माण गरिरहेको दिवा/शैलङ जेभीले कहिले निर्माण सकिन्छ भन्ने जानकारी नै गराएन ।
शैलुङ कन्स्ट्रक्सनले आकाशेधारा-राममन्दिर-कृष्णमन्दिर सडकको आगामी १५ फागुनसम्म सकाउने प्रतिवद्धता जनाएको छ । आशिष सीएम-जयबाबा जेभीले आगामी माघ मसान्तसम्म सीतापाइला-रामकोत-भीमढुङ्गा सडकको निर्माण सक्ने बताएको छ ।
महालक्ष्मी/वर्ल्डवाइड भण्डार धोदुङ जेभीले पेप्सीकोला-ब्राहखेल सडक २०८० असार मसान्तसम्म, सुनकोशी/प्रजिल जेभीले २०७९ माघ मसान्तभित्र मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडकको काम सक्न सहमति जनाएका छन् ।
कमलविनायक-वसपार्कदेखि भत्केपाटीको पाटी सडक, मनोहरा खोला-पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक, हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक, लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक फरफारक गर्न निर्माण व्यवसायी सहमत भएका छन् ।
छम्पी टिकाभैरव रोड, तउखेल-चापागाउँ-छम्पी-ढुकुछाप-दक्षिणकाली रोड, लुभू-लाकुरीभञ्ज्याङ्ग-मानेडोभान रोड, खुमल्टार-युलेन्स स्कुल (पुरानो) जाने सडक, नख्खु खोला पुल लगायतका परियोजना पनि समयमै सक्न व्यवसायी सहमत भएका छन् ।
प्रतिक्रिया 4