+
+

झिल्टुङ क्रसकन्ट्री दाैड माघ १४ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:०१

२८ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ ले हरेक वर्ष आयोजना गर्ने झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते हुने भएको छ ।

स्थानीयहरुलाई एथलेटिक्समा प्रेरित गर्ने उद्देश्यबाट सुरु भएको यो दौडमा उकालोओरालो रुटमा १३.५ किलोमिटरमा राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

बेलकोटगढी ५ कोल्पुटारबाट सुरु हुने दौड बेलिनी,छाप, राज ओडार, खड्काछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा आएर समापन हुनेछ ।

प्रतियोगितामा स्थानीय प्रतिभालाई लक्षित गरी ४.५ किलोमिटर जुनियर छात्रछात्रा, स्थानीय छात्रछात्रा, ४५ वर्षमाथि स्थानीय पुरुष, १३.४ किमि भेट्रान्स खुल्ला पुरुष र स्थानीय पुरुष तथा ४.५ किलोमिटर स्थानीय आमा समुूह दौड गरी १० विधा समावेश गरिएको छ ।

दौडको प्रमुख विधा खुला क्रसकन्ट्रीको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउँछन् । आमा समूह दौडका विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउँछन् । सबै विधाका विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका व्यवस्थापक तथा बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजेलले समुदायस्तरमा दौडको पहिचानका लागि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिनु आफ्नो प्राथमिकता रहने बताए । विहीबार पत्रकार सम्मेलनमा उनले भने, ‘यो दौड स्थानीयलाई प्रेरित गर्ने सकारात्मक उद्देश्यसहित सुरु भएको हो । हामी उसलाई अपनत्व लिन्छौं र निरन्तरता दिने प्रतिवद्धता व्यक्त गछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?