
२८ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग पराजित भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् ।
शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलबाट भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गर्ने कार्यक्रम तय भएको छ । आजै मात्रै एकीकृत समाजवादीले छिटो भन्दा छिटो पार्टीमा आउन पत्र लेखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4