+
+

नेपाल क्लियरिङ हाउसले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १९:२९

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा शुक्रबार सम्पन्न ११औं साधारणसभाले ३८ प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साधारणसभा पश्चात कम्पनीको चुक्ता पूँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ बराबरको हुने जनाइएको छ । पूँजी वृद्धीमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७ प्रतिशतले वृद्धि भएसँगै खुद नाफा ४० प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको र नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रबर्द्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?