
२९ पुस, काठमाडौं । सुनको मूल्य पुनः यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ थियो । यसअघि पुस २५ गते सुनको मूल्य आजकै बराबर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4