
२९ पुस, विराटनगर । नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ । दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।
उपसभामुखको निर्वाचन यही पुस ३० गते हुँदैछ ।
सत्ता साझेदार दलको तर्फबाट एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी दलको उम्मेदवार टुंगो लागिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4